शोक बिदा र परीक्षा सम्बन्धी सूचना
प्रिय विद्यार्थीहरू,
हालैको आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका व्यक्तिहरूको सम्झनामा भोलि, २०८२/०६/०१ (असोज १), कलेज शोक बिदा रहनेछ।
हाल चलिरहेको आन्तरिक परीक्षा अन्तर्गत भोलि हुने परीक्षा असोज ५ (आइतबार) मा सारिएको छ। अन्य सबै परीक्षा भने पहिल्यै तय गरिएको तालिकाअनुसार सञ्चालन हुनेछन्।
नियमित कक्षा सञ्चालन भइरहेका विद्यार्थीहरूको लागि कलेज असोज २ (बिहीवार) देखि पुनः नियमित रूपमा सञ्चालन हुनेछ।
यस अवधिमा तपाईंहरूको धैर्यता र सहयोगको लागि कलेज प्रशासन हार्दिक आभारी छ।
शुभेच्छा सहित,
कलेज प्रशासन
- Hits: 11