By using this website, you agree to the use of cookies as described in our Privacy Policy.
Lainchour, Kathmandu
Sun-Fri 6:30AM-5:00PM

कविता प्रतियोगिता सम्बन्धी सूचना

नेपाली भाषा, साहित्य तथा सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले यहि मिति २०८२ साल असार २९ गते आइतबारको दिन आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पावन अवसरमा यस कलेजद्वारा कविता प्रतियोगिता आयोजना गर्न लागेको सम्बन्धमा सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराउँदछौं ।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पावन अवसरमा सञ्चालन गरिने कविता प्रतियोगितामा यस कलेजका सम्पूर्ण विद्यार्थीहरूलाई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गर्दछौं ।

उक्त दिनमा सञ्चालन हुने कविता प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले आफ्नो नाम Reception मा मिति २०८२ साल असार २५ गते भित्र दर्ता गराउन सक्नुहुनेछ । कविता प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कारद्वारा सम्मान गरिने जानकारी समेत गराउँदछौं ।                                        

धन्यवाद ,

कलेज प्रशास

  • Hits: 1314
?>